३० असार २०८२, सोमबार | Tue Jul 15 2025


विश्वभर कोरोना संक्रमितको संख्या ६३ लाख नजिक, ३ लाख ७४ हजारको मृत्यु


0
Shares

काठमाडौं, जेठ १९ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७४ हजार नाघेको छ ।

६२ लाख ९४ हजार संक्रमित मध्ये लाख २८ लाख ६४ हजार उपचार पछि निको भएका छन् ।

सक्रमित मध्ये ५३ हजार ४ सय बढीको अबस्था गंभीर छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६ हजार नाघेको छ ।

संक्रमितको संख्या १८ लाख ३७ हजार बढी छ । बेलायतमा २ लाख ७४ हजार संक्रमित मध्ये ३८ हजार ४ सय बढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३२ हजार संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ८८ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ७ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८६ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा ५ लाख १४ हजार बढी संक्रमित हुंदा करिब २९ हजार ३ सय बढीको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ८३ हजार बढी संक्रमित र ८ हजार ६ सयको मृत्यु भएको छ ।

चीनमा ८३ हजार ९ सय ९९ जना कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ छ ।

रसियामा ४ लाख ५ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार ५ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार नाघ्दा ५ हजार ४ सय बढीको मृत्यु भएको छ ।

पाकिस्तानमा हालसम्म ७२ हजार ४ सय बढी संक्रमितमा करिब १ हजार ५ सयको मृत्यु भएको छ । (एजेन्सी)