पनौती बजार क्षेत्रको विद्युत तार व्यवस्थित गरिने « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


पनौती बजार क्षेत्रको विद्युत तार व्यवस्थित गरिने


3.315k
Shares

काभ्रे । पनौती नगरपालिका वडा नम्बर ७ स्थित बजार क्षेत्रका विद्युत तार व्यवस्थित गरिने भएको छ । अव्यवस्थित रहेका बिजुली तारका कारण दुर्घटनाको जोखिम बढेकाले तार व्यवस्थित गर्न लागिएको पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकारले जानकारी दिनुभयो ।

विं.स. २०२० सालमा गाडीएका पोल जिर्ण बन्दै गएका छन् भने तार समेत अव्यवस्थित छ । वडा कार्यालयको आग्रहमा विद्युत प्राधिकरणको नीति अनुरुप जिर्ण पोल हटाएर बिजुलीका नयाँ पोल हालिने नेपाल विद्युत प्राधिकरणका उप–प्रबन्धक निरोज कर्माचार्यले बताउनुभयो । सोहि क्रममा अनावश्यक तार पनि प्राधिकरणले हटाउनेछ ।

पनौती धार्मिक क्षेत्र समेत भएकाले विभिन्न जात्रा पर्वमा जिर्ण पोल तथा लत्रिएका तारले जोखिम थप बढाएको छ । विद्युत तारलाई भुमिगत गर्ने तयारी गरिएपनि प्राविधिक कठिनाई देखिएपछि अग्लो पोलमार्फत तार व्यवस्थित गर्न लागिएको हो । पनौती ७ स्थित इन्द्रेश्वर मन्दिर क्षेत्र विश्व सम्पदामा सुचीकृतको प्रक्रियामा रहेको छ ।

विद्युत तारलाई व्यवस्थित गरेसँगै सडक वत्ति पनि थप गरिने वडा अध्यक्ष ताम्राकारले बताउनुभयो । पर्यटकीय क्षेत्रलाई सफा र व्यवस्थित बनाउने कार्यमा वडा कार्यालय लागिरहेको उहाँको भनाई छ ।