१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


पर्वतमा डेंगुका बिरामी भेटिए


0
Shares

पर्वत, जेठ १९ । पर्वतमा पहिलो पटक डेंगुका बिरामी भेटिएका छन ।

पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँकी ६ बर्षिया बालिकामा डेंगु पोजेटिभ देखिएको हो ।

कोरोनाको महामारीसंग जुधिरहेका बेला पहिलो पटक डेंगुका बिरामी देखिएपछि पर्वत अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शिशिर देवकोटाले जानकारी दिए ।

गर्मी बढेका कारण लामखुट्टेको टोकाईबाट डेंगु एउटा बिरामीबाट अन्य बिरामीमा सर्ने खतरा हुन्छ ।