
बुटवल, जेठ १९ । सोमबार २० औं विश्व दुग्ध दिवस । दुग्ध दिवसको अवसरमा बुटवलमा निःशुल्क दुध वितरण गरिएको छ ।
नेपाल डेरी ऐशोसियसन प्रदेश ५ ले बुटवलको गौतमबुद्ध मुटु अस्पतालका परिसरमा रहेकालाई निःशुल्क दुध वितरण गरेको हो ।
नेपाल डेरी ऐशोसियसन प्रदेश ५ का संयोजक कृष्ण भट्टराईले कोरोना संक्रमणको समयमा अस्पतालमा रहेका बिरामी, आफ्न्त, स्वास्थ्यकर्मी, सडकयात्रुलाई निःशूल्क दुध वितरण गरेको जानकारी दिए ।
गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलमलले दुध सबैको लागि आवश्यक पौष्टिक आहार भएको बताउँदै अस्पताल परिसरमा निःशूल्क दुध वितरण गरीनुले दुधको महत्व प्रष्ट भएको बताए ।
कार्यक्रममा ३ सय जनालाई दुध वितरण गरीएको थियो ।
प्रतिक्रिया दिनुहोस्