२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


वीरगञ्जको विकासलाई लकडाउनले छोएन


0
Shares

वीरगञ्ज, जेठ १९ । लकडाउनको पालना गर्दे वीरगञ्जमा विकासका योजनाहरु अगाडि बढाइएको छ ।

संघीय तथा प्रदेश सांसदहरुको कोषबाट भइरहेको विकास योजनाले रोजगारी सिजर्ना गरेकाले आर्थिक गतिविधिहरु पुनः सुरु गरीएको हो ।

सांसद विकास कोषअन्र्तगत बीरगञ्जभित्रको विकासलाई तिव्रता दिइएको प्रदेश सभासद रमेश पटेलले बताए ।

उनले संसदीय कोषबाट बीरगञ्जमा सडक ढलानको काम भइरहेको जानकारी दिए ।

बन्दाबन्दीको समयमा विकास निर्माणको तिव्रताबाट रोजगारीको अवसर प्रदान हुने भएकाले विकास निर्माणलाई जारी राखेको उनको भनाइ छ ।

विभिन्न वडाहरुले सडक निर्माणलाई प्राथमिकता दिएका छन् ।