
बारा, जेठ १९ । बारामा संचालीत कोरोना अस्थायी अस्पतालहरुमा पोजेटिभ पुष्टि भएकाहरुलाई राख्न आइसोलेसन बेड अभाव भएको छ ।
जिल्लाका स्थानीय तहद्धारा संचालीत कोरोना अस्थायी अस्पतालमा कोरोना पोजेटिभ पुष्टि भएकाले भरिएपछि आइसोलेसन बेड अभाव भएको हो ।
अस्थायी अस्पतालमा आइसोलेसन बेड अभाव भएपछि पाँच जना संक्रमितलाई छिमेकी जिल्ला पर्साको गण्डक अस्पताल पठाइएको छ ।
जिल्लामा पोजेटिभ पुष्टि भएकालाई राख्न आइसोलेसन बेड अभाब भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
पोजेटिभ पुष्टि भएकालाई राख्न प्रत्येक उपमहानगरपालिकालाई ५०, नगरपालिकाले २५ र गाउँपालिकाले १० शैयाको आईसोलेसन निर्माण गर्न भनिएको छ ।
जिल्लामा बेड अभाब भैसक्दा पनि स्थानीय तहहरुले निर्माणमा तदरुकता नदेखाउदा समस्या भएको हो ।
जिल्लामा ६२ जना पोजेटिभ पुष्टि भएका मध्ये करैयामाई गाउँपालिका ७ का ७० वर्षीय वृद्धको उपचार क्रममा मृत्यु भएको छ भने भारतबाट फर्किएका जमाती जितपुरसिमराका एक जना र सिम्रौनगढका एक जना कोरोनामुक्त भएका छन ।
भारतबाट स्थानीय र जिल्ला प्रशासनको सहयोगमा बारामा १ हजार ३ सय ७९ जना जिल्ला भित्रिएको प्रशासनको तथ्यांकमा उललेख छ ।
प्रतिक्रिया दिनुहोस्