बाग्लुङ, जेठ १९ । धौलागिरी क्षेत्रमा दैनिक दर्जनौं पटक विद्युत अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेका छन् ।
स्थानीय उपभोक्ताले नेपाल विद्युत प्राधिकरणमा विद्युत अवरुद्ध नर्गन पटक पटक माग गर्दे आएपनि प्राधिकरणले सर्वसाधरणको गुनासोमाथि वेवस्था गरेको छ ।
नेपाल विद्युत प्राधिकरण बागलुङका प्रमुख शिवनारायण गोशलीले हावाहुरी, चट्याङका कारण बागलुङमा विद्युत जाने आउने समस्या भैरहेको बताउनुभयो ।
३३ केभीएको लाइनबाट धौलागिरिको चार जिल्लामा विद्युत वितरण भैरहेको छ । विद्युत अनियमित हुँदा पर्वत म्याग्दी र मुस्ताङका स्थानीयले समेत हैरानी बेहोरेका छन् ।
म्याग्दीको दाना सवस्टेशनमा २ सय २० केभीए क्षमताको लाइन निर्माण भैरहेकाले त्यो बनेपछि समस्या समाधान हुने विद्युत प्राधिकरणले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्