Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ७९८ पुग्यो


0
Shares

काठमाडौं, जेठ १९ । सोमबार थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै ५९ जिल्लाका १ हजार ७ सय ९८ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तु दैलेख र सर्लाहीमा बढी संक्रमित भेटिएको जानकारी दिए ।

दैलेखमा ४१, कपिलवस्त ४०, सर्लाही ३८, रौतहट १८, कैलाली १४, जुम्ला १९, दाङ ९, बाँकेका ७, सल्यान १०, सुर्खेत ५, सिराह ५, धनुषामा ७, नवरपरासीमा ३, झापा २, महोत्तरीमा २, मकवानपुर १, अछाम १, वैतडी १, कञ्चनपुर १, डोटीमा १, उदयपुर १ जना घर भएका तर हाल जनकपुर बस्ने १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले संक्रमितको संख्या बढे सँगै क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था बढाउनुपर्ने जनाएको छ ।

प्रवक्ता डा. देवकोटाले क्वारेन्टाइनको सम्र्पुण व्यवस्था प्रदेश सरकारको सहयोगमा स्थानियतहले सञ्चालन गराउनु पर्ने र मापदण्ड पुगे नपुगेको वारे अनुगमन गर्न पनि आग्रह गरे ।

क्वारेन्टाईन मापदण्ड पुरा नगरेको भन्ने गुनासो आएको भन्दै उहाँले कुन कुन कुरा पुगेको छैन् त्यसवारे मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे ।

यस्तै अब अस्पतालमा विरामी र संक्रमितहरुलाई छानेर मात्र राखिने रणनीति अप्नाउने तयारी भएको डा. देवकोटाले जानकारी दिए ।

देशभर ७१ हजार ९ सय ३ जनाको पीसीआर परीक्षण भएको छ भने १ लाख १३ हजार ७ सय ५७ जनाको आरडीटी परीक्षण भएको छ ।

यस्तै गर्मी बढे सँगै मलेरिया र डेगीं रोगको संक्रमण समेत बढेको जनाएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वाशुदेव पाण्डेले हाल गत पुष देखी २६ जिल्लाका ८२ जनामा डेंगी देखिएको जानकारी दिए ।

ति मध्ये २१ जना क्वारेन्टाईनमा रहेका व्यक्ति छन् । गत वर्ष १६ हजार व्यक्तिमा डेंगी देखिएको थियो भने ६ जनाको मृत्यु भएको थियो ।