Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


श्वास फेर्न समस्याका कारण गर्भवतीको मृत्यु


0
Shares

जलेश्वर, जेठ १९ । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट सोमबार एक गर्भवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । रासस