Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


सुदूरपश्चिममा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, कैलालीका मात्रै १४ जना


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ १९ । सुदूरपश्चिम प्रदेशमा सोमबार एकैदिन थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा एकैदिन १८ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको हो ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।

सोमबार कैलालीका १४, डोटी, अछाम, कञ्चनपुर र बैतडीका एक/एकजनामा संक्रमण पाइएको जनाइएको छ।

योसँगै सुदूरपश्चिमका सबै जिल्लामा कोरोना संक्रमितको पुष्टि भएको छ ।