२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


बाँके दुर्घटनामा घाइते भएकाहरुको विवरण (अपडेट)


0
Shares

बाँके, जेठ १९ । बाँके दुर्घटनामा घाइते भएका सबै २१ जनाकै विवरण प्राप्त भएको छ । उनीहरुको ठेगाना खुलेको प्रहरीले जनाएको हो ।
ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार घाइतेमध्ये दाङका ५, सल्यानका १० र रोल्पाका ६ जना छन् । मृतक १२ जनाको भने अझैं सनाखत हुन सकेको छैन ।

चार जना सामान्य घाइते

१) दाङको धर्ना निवासी ४५ वर्षीय मेघजंग केसी

२) रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का १७ वर्षीय सुनिल परियार

३) सोही ठाउँका २० वर्षीय विरेन्द्र परियार

४) सोही ठाउँका १८ वर्षीय पुरन परियार

१७ जना गम्भीर घाइते

५) दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का ३९ वर्षीय विष्णु गिरी

६) सल्यानको शारदा नगरपालिका वडा नं. ६ का ३६ वर्षीया टीका चलाउने

७) दाङको राजपुर गाउँपालिका वडा नं. ६ का २० वर्षीय विक्रम चौधरी

८) दाङको तुलसीपुर २ का २३ वर्षीय रुपलाल बिक

९) रोल्पा कुरेलीका ५२ वर्षीय नरबहादुर बिक

१०) दाङको राजपुर २ का २१ वर्षीय जीवन घर्ती

११) रोल्पा जिल्लाको टुटु निवासी ४० वर्षीय दिलबहादुर बिक

१२) सल्यानको कुपिन्डेदह वडा नं. ६ का २० वर्षीय मिनराज बिक

१३) सल्यानको शिद्धकुमाख निवासी ४० वर्षीय तेजबहादुर बुढाथोकी

१४) सल्यानको छापाडाँडा ५ का १८ वर्षीय धनबहादुर बोहोरा

१५) सल्यान शिद्धकुमार ४ का १८ वर्षीय लोकेश घर्ती

१६) सल्यान कुपिन्डेदह ६ का ५२ वर्षीय दिपबहादुर बुढा

१७) दाङका गढवा गाउँपालिका वडा नं. ६ का २० वर्षीय भरत थापा

१८) सल्यानको शिद्धकुमाख निवासी २६ वर्षीय शिव भण्डारी

१९) सोही ठाउँका १८ वर्षीय देवेन्द्र खड्का

२०) सोही ठाउँका १७ वर्षीय ज्ञानबहादुर बोहोरा

२१)  सोही ठाउँका २६ वर्षीय मिनबहादुर वली रहेका छन्।

तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख बीरबहादुर वलीले जानकारी दिएका छन् ।