
काठमाडौं, जेठ १८ । उपचारको क्रममा बिरामीको निधन भएपछि आफन्तले डाक्टरमाथि कुटपिट गरेको घटनाको विरोधमा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।
जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा डाक्टरहरुले आइतबार प्रदर्शन गरेका हुन् ।
जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए ।
घटनामा संलग्न दोषीको पहिचान गरी तत्काल कारवाही प्रक्रिया अगाडि बढाउनु उनीहरुले माग गरेका छन् ।
सो आन्दोलनको देशभरका चिकित्सकहरुले समर्थन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्