१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


कोरोना सङ्क्रमितलाई डेङ्गु


0
Shares

तुलसीपुर, जेठ १८ । दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको हो ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि  परीक्षण गर्दा  डेङ्गु भेटिएको जनाइएको छ ।

चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेङ्गु पोेजेटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ ।

यही जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियोे । रासस