
काठमाडौं, जेठ १८ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७१ हजार नाघेको छ ।
६१ लाख ९० हजार संक्रमित मध्ये लाख २७ लाख ५८ हजार उपचार पछि निको भएका छन् ।
संक्रमितमध्ये ५३ हजार ४ सय बढीको अबस्था गंभीर छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघेको छ ।
संक्रमितको संख्या १८ लाख १७ हजार बढी छ । बेलायतमा २ लाख ७२ हजार संक्रमित मध्ये ३८ हजारको मृत्यु भएको छ ।
इटालीमा २ लाख ३२ हजार संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८८ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ७ सय नाघेको छ ।
यस्तै स्पेनमा २ लाख ८६ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ ।
ब्राजिलमा ५ लाख बढी संक्रमित हुंदा करिब २८ हजार ८ सय बढीको मृत्यु भएको छ ।
जर्मनीमा १ लाख ८३ हजार बढी संक्रमित र ८ हजार ६ सयको मृत्यु भएको छ ।
चीनमा ८३ हजार ९ सय ९९ जना कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ छ । रसियामा ४ लाख ५ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार ५ सय नाघेको छ ।
यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार नाघ्दा ५ हजार १ सय बढीको मृत्यु भएको छ ।
पाकिस्तानमा हालसम्म ६६ हजार ४ सय बढी संक्रमितमा करिब १ हजार चार सयको मृत्यु भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्