१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


एकै दिन १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ सय ६७ पुग्यो


0
Shares

काठमाडौं, जेठ १८ । आइतबार एकै दिन १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो ।

रौतहटमा २९ जना, सल्यानका २५ जना, धनुषाका २१ जना, कालिकोट र दैलेखका १८र१८, सप्तरी राजगढका १२ जना, सर्लाहीका १० जना, बाँकेका ८ जना, पर्सा र कपिलवस्तुका ५र५ जना, झापाका ४ जना, कैलाली र बाजुराका ३र३ जना, स्याङ्जाका २ जना, तनहुँ र मोरङका एकरएक जना तथा सुर्खेतकी चार महीने एक बालिकामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

आइतबार मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्जसंगै नेपालमा कोरोना निको हुनेको संख्या २२० पुगेको छ। 

 बाजुरामा आइतबार मृत्यु भएकी दुई बर्षीया बालिकासहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।