Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


सरकारले राष्ट्रपतिलाई सर्वोच्च संस्थाको रुपमा लिएन : सांसद भट्टराई


169
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा नमानेको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उहाँले सो बताउनुभएको हो ।

उहाँले राष्ट्रपति व्यक्तिको रुपमा नभई देशको सर्वोच्च संस्था, गणतन्त्रको प्रतिक र राजनीतिक प्रतिद्वन्द्व भन्दा माथिको संस्था भएपनि सरकार, सभामुख र गठबन्धनका नेताहरुले त्यस अनुरुप व्यवहार नगरेको बताउनुभएको हो । उहाँले सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा व्यवहार नगरेको बताउनुभयो ।

उहाँले सभामुख अग्निप्रसाद सापकोटाले संस्थागत भुमिका निर्वाह गर्न नसकेको बताउनुभयो । सभामुख सापकोटा रिमोटबाट चलेको आरोप उहाँले लगाउनुभयो । सभामुखले गठबन्धनको निर्णय हुबहु कार्यान्वयन गराएको र संसदको गरिमा र महत्व घटाएको उहाँले बताउनुभयो । सभामुखको दायित्व सबैसँग समन्वय गर्नुपर्ने भएपनि सो दायित्व पूरा हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।