
बाजुरा, जेठ १७ । बाजुरामा आइतबार बिहान मृत्यु भएकी दुई बर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मृतक बालिकाको सेती प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मृतक बालिकाकी २३ वर्षिया आमामा पनि कोरोना पुष्टि भएको छ ।
बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ । बुढिगंगा नगरपालिका–१ धुरालसैनकी मृतक बालिका बाबुआमासंगै धुरालसैन माविको क्वारेन्टाइनमा रहेकी थिइन ।
क्वारेन्टाइनमा रहंदै उनको अबस्था जटिल भएपछि शुक्रवार साँझ मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गरिएको थियो ।
बालिकामा पखाला लाग्ने,ज्वरो र श्वास प्रश्वासको समस्या रहेको चिकित्सकको भनाइ छ ।
उनको परिवार ८ दिन अघि भारतबाट आएको थियो ।
प्रतिक्रिया दिनुहोस्