
काठमाडौं, जेठ १८ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जातीय विभेद अन्त्य गर्न सबैले आ–आफ्ना जात/थर बदल्न प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै समाजवादी पार्टीका नेता डा. भट्टराईले जातभातको विभेदले हामी सबैलाई गिज्याउन थालेको भन्दै परिवर्तन जरुरी भएको बताए ।
संसदमा डा. भट्टराईले प्रस्ताव गरे, ‘हामी सबैले जात/थर बदलौं । सबैले थरमा दलित लेख्न थालौं । बाबुराम भट्टराई दलित, कामी लेखौं । विश्वकर्मा लेखौं । यसले जातीय विभेद अन्त्य गर्न सघाउाछ ।’
हालै पश्चिम रुकुममा अन्तर्जातीय प्रेममा रहेका नवराज विश्वकर्मासहित ५ जनाको कुटपीट गरी मारिएको र भेरी नदीमा हालिएका अर्का एक जना अझै वेपत्ता रहेका सन्दर्भमा डा. भट्टराईले संसदमा यस्तो प्रस्ताव गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्