Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


पर्वतमा ब्राउन सुगरसहित ५ जना पक्राउ


338
Shares

पर्वत । पर्बतमा पहिलो पटक ब्राउन सुगर र ठूलो परिमाणमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।

पर्वतमा पहिलो पटक औषधको रुपमा प्रयोग हुने ब्राउन सुगरसहित ठूलो मात्रामा लागू औषध बरामद भएको हाे । प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसन अन्तर्गत लागूऔषधसहित ५ जना ब्यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

लागू औषधसहित पक्राउ पर्नेहरुमा मोदी गाउँपलिका वडा न.५ घर भई सोही गाउँपालिकाको वडा न.२ पातीचौर डेरा गरी बस्ने वर्ष २६ का सचिन सार्की, तनहुँको सुक्लागण्डकी नगरपालिका वडा न.१ दुलेगौडा स्थायी घर भई हाल जिल्ला पर्बतको मोदी गाउँपालिका वडा न.२ बस्ने अजय पुन, मोदी गाउँपालिकाको वडा न.४ क्याङ बस्ने दिनेश गर्बुजा र म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा न.८ घर भई मोदी गाउँपालिका वडा न.२ डेरा गरी बस्ने वर्ष विजय पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबाट नुर्फिन, डाईजेपाम र फेनरागन गरी ३ सय ७१ एम्पुल बरामद समेत गरिएको छ । यसैगरी प्रहरीले पर्बतको कुश्मा नगरपालिका वडा न.७ राममन्दिर स्थितबाट कास्कीको पोखरा महानगरपालिका वडा नं. ७ घारिपाटन डेरा गरी बस्ने १९ वर्षीय आफ्रिन खानबाट ब्राउन सुगर समेत बरामद गरेको छ ।

प्रहरीले ६ ग्राम ९३० मिलिग्राम अवैध लागू औषध ब्राउन सुगर फेला पारी निजलाई तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ ।