Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


कांग्रेस स्याङ्जाले ११ स्थानीय पालिकामा प्रतिनिधि खटायो


312
Shares

स्याङ्जा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस स्याङ्जाले प्रतिनिधि खटाएको छ ।

‘जनताको साथमा कांग्रेस’ भन्ने अभियानलाई सार्थक बनाउन कांग्रेस स्याङ्जाले जिल्लाका ११ स्थानीय पालिकामा प्रतिनिधि खटाएको हो । निर्वाचन लक्षित केन्द्रिय अभियानलाई सार्थक बनाउन पालिका स्तरमा प्रतिनिधि खटाएको नेपाली कांग्रेस स्याङ्जा प्रवक्ता भरतप्रसाद लम्सालले जानकारी दिनुभयाे ।

खटिएका प्रतिनिधिले पालिका तहमा ‘जनताको साथमा कांग्रेस’ अभियानलाई मतदाताको घरदैलोमै पुर्याउने भएका छन् ।जिल्लाका ११ पालिका मध्ये कांग्रेस स्याङ्जाको बैठकले नगरपालिकातर्फ पुतलीबजारमा महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, भीरकोटमा अर्जुन प्रकाश अर्याल, वालिङमा जिल्ला उपसभापति शेरबहादुर थापा, गल्याङ्मा युवराज पाण्डे र चापाकोटमा महाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठलाई खटाएको छ ।

त्यस्तै, गाउँपालितकातर्फ फेदीखोलामा ध्रुवबन्धु पौडेल, आँधिखोलामा तारा मल्ल, अर्जुनचौपारीमा गोविन्द बहादुर रानाभाट, विरुवामा देवेन्द्र गुरुङ, हरिनासमा डोलबहादुर खड्का र कालिगण्डकीमा शिव गिरी खटिएका छन् ।

पालिका स्तरमा खटिएका जिल्ला प्रतिनिधिले वडामा कांग्रेस कार्यकर्ताको भेला गरी निर्वाचन लक्षित रणनीति तयार गर्ने भएका छन् ।