Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


अर्घाखाँचीका ६ स्थानीय तहलाई बजेट छुट्याइयो


0
Shares

अर्घाखाँची । जिल्लाका ६ स्थानीय तहलाई २ अर्ब ६८ करोड ८ लाख बजेट छुट्याइएको छ ।

संघीय सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा प्रदेश नं ५ को पहाडी जिल्ला अर्घाखाँचीमा ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहलाई २ अर्ब ६८ करोड ८ लाख बजेट छुट्याइएको हो ।

जसमध्ये सन्धिखर्क नगरपालिकाले सबैभन्दा बढी ६० करोड १९ लाख बजेट छुट्याइएको छ ।

यस्तै शितगंगा नगरपालिकाले ४९ करोड १६ लाख, भूमिकास्थान नगरपालिकाले ४० करोड ८५ लाख,पाणिनी गाउँपालिकाले ४३ करोड ४५ लाख, मालारानी गाउँपालिकाले ३९ करोड २४ लाख र छत्रदेव गाउँपालिकाले ३५ करोड १९ लाख रुपैयांको बजेट पाउने भएका हुन् ।