३० असार २०८२, सोमबार | Tue Jul 15 2025


कोरोनाबाट मर्नेको संख्या फ्रान्समा भन्दा ब्राजिलमा बढी, एकैदिन ३३ हजार बढी संक्रमित


0
Shares

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसबाट मर्नेको संख्या २८ हजार नाघेको छ । शनिबारसम्म संक्रमितको संख २८ हजार ८ सय ३४ पुगिसकेको छ ।

यसका साथै ब्राजिल कोरोना भाइरस संक्रमणबाट नराम्रो तरिकाले ग्रस्त चौथो देश भएको छ । ब्राजिल कोरोनाबाट मृत्यु हुनेमा फ्रान्स भन्दा अगाडि भएको छ ।

फ्रान्समा मृत्यु हुनेको संख्या २८ हजार ७ सय ७७ पुगेको छ । शनिबार ब्राजिलमा एकैदिन ३३ हजार २ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा ५ लाख भन्दा बढी संक्रमित देखिएका छन् । ब्राजिलको सबैभन्दा ठुलो र धनी शहर खोल्ने निर्णय गरेसँगै संक्रमितको संख्या पनि बढेको छ ।

संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीको चाप बढेको छ भने राज्यका कतिपय अस्पतालमा हाहाकार मच्चिएको छ ।

जानकारहरु बताउँछन् ब्राजिलमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्नै छ ।