
काठमाडौं । अमरिकी अन्तरिक्ष केन्द्र नासाका दुई अन्तरिक्ष यात्री लिएर नीजि रकेट कम्पनी स्पेस एक्स अन्तरिक्षका लागि प्रस्थान गरेको छ ।
यो मिसनलाई अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट लञ्च गरिएको हो ।
पहिलो पटक कुनै पनि नीजि अन्तरिक्ष यानबाट अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको हो ।
अन्तरिक्ष यात्रीको रुपमा नासाका एस्ट्रोनट बब बेनकेन र डग हर्ली छन् ।
अमेरिकाले विगत नौ वर्ष पछि यो मिसनका लागि काम गरिरहेको थियो ।
उनीहरु यसअघि स्पेश शटलबाट दुई दुई पटक अन्तरिक्षमा पुगिसकेका छन् ।
यो जोडीको लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको यात्रा १९ घण्टाको रहेको छ ।
उनीहरुले अन्तरिक्ष केन्द्रमा दुई महिना बिताउनेछन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्