१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


भारतले आजदेखि विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँदै

प्रधानमन्त्री मोदीले विमानबाहक नौसेनालाई हस्तान्तरण गर्दै

1.794k
Shares

काठमाडौं । भारतले आज (शुक्रबार) देखि आफैंले निर्माण गरेको विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँने भएकाे छ ।

आइएनएस बिक्रान्त नाम दिइएको विमानवाहकको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोचीमा शुभारम्भ गर्ने कार्यक्रम भएकाे जनाइएकाे छ । उहाँले भारतीय नौसेनालाई विमानबाहक हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेकाे छ ।

२० हजार करोड भारु खर्च गरेर बनाइएको साेही विमानबाहक युद्धपोत भारतीय नौसेनाको इतिहासको सबै भन्दा ठूलो र शक्तिशाली भएको बताइएको छ । विश्वका शक्तिशाली विमानबाहकको टप टेन सूचीभित्र पर्ने छ ।

यो विमानबाहकबाट फाइटर जेट, मिसाइल र ड्रोनहरुले उडान भर्न सक्ने छन् । यसको सञ्चालनबाट भारतीय उपमहाद्विपमा शान्ति र स्थिरताका लागि ठूलो योगदान पुर्याउने भारतीय नौसेनाको विश्वास रहेको छ ।