२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बुन्डेस लिगा- बायर्नसँग फोर्चुना ५–० ले पराजित


0
Shares

एजेन्सी । जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल ‘बुण्डेस लिगा’मा बार्यन म्युनिखले फोर्चुना डुसेलडोर्फलाई ५–० ले हराएको छ ।

रेलीगेशन क्षेत्रमा संघर्ष गरिरहेको डुसेलडोर्फ विरुद्ध बायर्नलाई फराकिलो जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।

यसैगरी बेन्जामिन पाभर्ड र अल्फन्सो डेभिजले एक–एक गोल गर्दा डुसेलडोर्फका माटियास यर्गेनसनले एक आत्माघाति गोल गरे ।

यो जितपछि बार्यनले लिगको शिर्ष स्थानमा १० अंकको अग्रता लिएको छ । बार्यनको २९ खेलबाट ६७ अंक छ ।

एक खेल कम खेलेको बोरुसिया डर्टमुण्ड ५७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

बुन्डेस लिगा अन्तर्गत गएराती भएका अन्य खेलहरुमा हर्था बर्लीन, वेडर ब्रेमेन, आईन्त्राच फ्र्याङ्कफर्ट र होफनहाइम पनि विजयी भएका छन् ।