२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बेलायतमा जुन १ बाट खेलकुद प्रतियोगिताहरु सुचारु हुने


0
Shares

एजेन्सी । बेलायत सरकारले आगामि जुन १ तारिखबाट घरेलु खेलकुद प्रतियोगिताहरु सुचारु गर्न अनुमती दिएको छ ।

कोरोना भाईरसको महामारी फैलिएपछि तीन महिनादेखि रोकिएको खेलकुद सुचारु गर्न बेलायत सरकारले हिजो अनुमित दिएको हो ।

बेलायतको संस्कृती मन्त्रालयका सचिव ओलिभर डोडेनले अर्को महिनाबाट घरेलु खेलकुद प्रतियोगिता सुचारु गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन ।

सरकारले अनुमित दिएपछि विभिन्न खेलकुद संघले जुन पहिलो साताबाट नैं खेलहरु सुचारु गर्ने तयारी थालेका छन् ।

तर, बेलायतमा हुने सबै खेल प्रतियोगिताहरुमा दर्शकको उपस्थितीलाई निषेध गरिएको छ ।

विश्वकै चर्चित इंग्लीश प्रिमियर लिग फुटबल जुन १७ तारिखबाट सुचारु हुने तय भइसकेको छ ।

महामारी पछिको पहिलो खेलमा दुई शीर्ष क्लबहरु म्यानचेस्टर सिटी र आर्सनल भिड्नेछन् ।

अब प्रतियोगिता सुचारु हुनुभन्दा अगाडी बेलायत सरकारका पदाधिकारीले संस्कृती, सञ्चार र खेलकुदका पदाधिकारीसँग अन्तिम छलफल गर्नेछन ।

यस्तै उनीहरुले बेलायतको स्वास्थ्य निकायहरुसँग पनि आवश्यक परामर्श लिनेछन् ।