Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


मोहना नदीमा डुबेर दुई जना बेपत्ता


65
Shares

काठमाडौं । धनगढीको मोहना नदीमा डुबेर बिहीबार दुई जना बेपत्ता भएका छन् ।

धनगढी उपमहानगरपालिका–१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीको २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

रिसमान नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएका हुन् । धनगढी उपमहानगरपालिका– ३ चटकपुरस्थित मोहना नदीमा डुबेर सोही ठाउँका मोहन रानाको १० वर्षीय छोरा प्रिन्स नदीमा डुबरे बेपत्ता भएको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभयो । नदीमा डुबेर बेपत्ता दुवैको खोजी भइरहको बताइएको छ ।