२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


लिपुलेकलगायतको विवाद वार्ताबाटै समाधान गर्छौं: भारतीय रक्षामन्त्री सिंह


0
Shares

काठमाडौं, जेठ १७ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताबाट नै समाधान गरिने प्रष्ट गरेका छन् ।

भारतीय टेलिभिजन च्यानल आजतकलाई दिएको अन्तर्वार्तामा मन्त्री सिंहले लिपुलेकलगायत क्षेत्रमा देखिएको सीमा विवाद वार्ताबाट नै समाधान गरिने विश्वास दिलाए ।

मन्त्री सिंहले भने, ‘लिपुलेकको विषयमा नेपालसँग केही असमझदारी उत्पन्न भएको छ, जसलाई वार्ताको माध्यमबाट समाधान गर्न सकिन्छ ।’ सीमा विवादको विषयमा दुवै देश वार्तामा बस्नुपर्ने पनि उनले बताए ।

मन्त्री राजनाथ सिंहले चीनसँगको सीमा विवाद पनि वार्ताबाटै समाधान खोजिने भन्दै भारत कसैसँग पनि विवाद र युद्ध चाहँदैन भने ।

गएको वैशाख २६ गते सिंहले नै दिल्लीबाट भिडियो कन्फ्ररेन्समार्फत नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको मानसरोवर जाने सडकको उदघाटन गरेपछी यो विषयमा दुई देशबीच विवाद बढेको छ ।

भारतले नेपाली भूभाग समेटेर निकालेको नक्शा र सडक उद्घाटनको जवाफमा नेपालले पनि भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर अद्यावधिक नक्शा सार्वजनिक गरेको छ ।