२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


सामुदायिक विद्यालय कर्मचारी र मन्त्रालयबीच सहमति


1.963k
Shares

education school

काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ ।

त्रिपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायकलाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ ।

यसअघि भएका सहमतिमा अर्थमन्त्रालयले बजेट नदिएकोले समस्या भएको भन्दै अर्थमन्त्रालयसहित वार्ता हुनुपर्ने अडान परिषद्ले लिएपछि चारपक्षीय वार्ता हुने परिषद् महासचिव शान्तिनाथ योगीले जानकारी दिनुभयो ।

आन्दोलनलाई सहमतिमा मात्र नभई व्यावहारिक रुपमा नै निर्णायक बनाउन अर्थमन्त्रालयको भूमिका सकारात्मक हुनुपर्ने परिषद्को भनाइ छ । लेखापाल ३६ हजार ७ सय, विद्यालय सहयोगीका लागि २६ हजार २ सय पारिश्रमिक दिई स्थायी नियुक्तिको माग गर्दै विद्यालय कर्मचारी आन्दोलित छन् ।