
काठमाडौं, जेठ १७ । राष्ट्रिय सुरक्षा परिषदको बैठकमा देशको शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले देशको समग्र सुरक्षास्थितिबारे जानकारी लिए ।
बैठकमा संविधान संशोधन अक्रिया अघि बढाउँदा उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा खतराबारे पनि छलफल भएको स्रोतको दाबी छ । बैठकमा सामरिक महत्वको सुरक्षाका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले सम्पूर्ण रुपमा सुरक्षाको प्रबन्ध गर्न र चनाखो रहन निर्देशन दिएका थिए । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने पूर्वसन्ध्यामा सुरक्षा परिषदको बैठकमा देशको सुरक्षा अवस्थाका बारेमा छलफल भएको हो ।
प्रतिक्रिया दिनुहोस्