१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


ह्वाइटआउस अगाडिको कथित प्रदर्शन दुःख दिने नियतका लागि मात्रः ट्रम्प


0
Shares

एजेन्सी, जेठ १७ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउस अगाडि लाफायटे पार्क गरिएको प्रदर्शन फगत दुःख दिने नियतले गरिएको आरोप लगाएका छन् ।

स्थानीय समयअनुसार शनिवार विहानै ट्वीट गर्दै ट्रम्पले भने, ‘शुक्रवार ह्वाइटहाउस अगाडि लाफायटे पार्कमा कथित प्रदर्शनकारीले गरेको प्रदर्शन जर्ज फ्लायडको स्मृतिका लागि कमै मात्र गरियो । त्यो त मात्र दुःख दिनका लागि थियो ।’

यद्यपि, उनले यो आरोप लगाइरहँदा त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण भने उनीसँग थिएन । ट्रम्पले ट्वीटमा अगाडि लेख्छन्, ‘उनीहरु व्यवसायिक रुपमै व्यवस्थित थिए ।’

ट्रम्पले प्रश्न गर्दै भनेका छन्, ‘टूनाइट, आई अण्डरस्टाण्ड, ईज मागा नाइट एट दि ह्वाइटहाउस ???’ यद्यपि, यसले के भन्न खोजेको भन्ने उनले प्रष्ट्याएका छैनन् ।

गुप्त सेवाका अधिकारीहरुले प्रदर्शनकारीलाई पन्छाउन खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै उनले धन्यवाद दिएका छन् ।

आफूले ह्वाइहाउसभित्र बसेर यि सबै दृष्य हेरेको भन्दै उनले अधिकारीहरुले लगाएको अवरोधलाई तोड्न खाजेका भए तिनले खतरनाक कुकुर र अप्रिय हतियारको सामना गर्नुपर्दथ्यो भन्ने चेतावनी पनि दिएका छन् ।