२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


गरिब घरपरिवार परिचयपत्र वितरण स्थगित


0
Shares

अछाम । अछामको चौरपाटी गाउँपालिकाले गरिव घरपरिवार परिचयपत्र वितरणको काम स्थगित गरेको छ ।

गरिव घरपरिवारले पाउनुपर्ने परिचयपत्र गाउँका टाठाबाठा र हुनेखानेले नै लिएको गुनासो आएपछि परिचयपत्र वितरणको काम स्थगित गरिएको हो ।

परिचयपत्र वितरणको प्रक्रिया परिमार्जन नहुँदासम्म काम स्थगित गरिएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले जानकारी दिए ।

वास्तविक गरिवको नाम हुनुपर्नेमा तथ्यांक भर्ने गणकले मनोमानी ढंगले वा गणकलाई गलत तथ्यांक दिएका कारण लक्षित वर्गको नाम आउन नसकेको बताइएको छ ।

गरिव घर परिचयपत्र परिमार्जनका लागि गाउँपालिकाले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र केन्द्रीय सरकारको ध्यानाकर्षण गराउने जनाइएको छ ।

सम्बन्धित निकायले सही तथ्याङक निकाल्न नसक्ने हो भने गणनाको जिम्मा गाउँपालिकालाई नै दिनुपर्ने माग राखिने गाउँपालिका अध्यक्ष साउदले बताए ।