संखुवासभामा सुरुङ मार्गमा फसेका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार • Image Khabar Image Khabar


संखुवासभामा सुरुङ मार्गमा फसेका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार


Imagekhabar
३ असार २०७५, आईतवार ०२:०१

संखुवासभामा सुरुङ मार्गमा फसेका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार

संखुवासभा, असार ३ । संखुवासभाको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मार्गमा फसेका चार जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का प्रेम परियार, भारतको झारखण्डका सुधन मुन्डा र भारतकै बिहारका नन्दकिशोरको उद्दार गरेको हो ।

सुरुङमा फसेकाहरुलाई खोज्ने क्रममा उद्धार टोलीले आज बिहान उनीहरुको सकुशल उद्धार गरेको हो ।

उद्धार  गरिएकाहरुको संखुवासभा सदरमुकाम खाँदबारीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्