Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


मुस्ताङबासीले लिन नमानेपछि तिब्बतले पठाएको राहत कोरला नाकामा अलपत्र


0
Shares

म्याग्दी, जेठ १७ । तिब्बतले उपल्लो मुस्ताङका लागि पठाएको राहत सामग्री कोरोना संक्रमण हुने डरले मुस्ताङबासीले अस्वीकार गरेपछि कोरला नाकामा नै अलपत्र परेको छ ।

उपल्लो मुस्ताङका दुई गाउँपालिकाका बासिन्दाले लिन अस्वीकार गरेपछि सात ट्रक राहत सामग्री दुई सातादेखि नाकामा अलपत्र परेको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टले बताए ।

चीनले उपल्लो मुस्ताङका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग समन्वय नगरी राहत सामग्री कोरला नाकामा ल्याएर छोडेको बताइएको छ ।

दुईओटै गाउँपालिका लोमान्थाङ र ल्लोघ्याघर दामोदरकुण्ड गाउँपालिकाले संयुक्त भेला गरी कोरोनाको संक्रमण रहुन्जेलसम्म नाकामा कोहीपनि जान नपाउने निर्णय गरेको अध्यक्ष विष्टले जानकारी दिए ।