Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


उदयपुरमा थप १०० जनाको स्वाब संकलन


0
Shares

उदयपुर, जेठ १७ । उदयपुरको चौदण्डीगढी नगरपालिकाभित्र कोरोनाभाइरसविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको ‘पीसीआर’ परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

शनिबार प्राथमिक स्वास्थ्य केन्द्र बेलटारमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी, सामाजिक अभियन्तासहित १०० जनाको ‘थ्रोट स्वाब’ नमुना संकलन गरिएको छ ।

संकलित स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर पठाइने जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए ।

स्थानीय तहले आफैंले पोलिमर चेन रियाक्सन (पीसीआर) खरिद गरेपश्चात् पालिकाहरुले थ्रोट स्वाब संकलन कार्य सुरु गरेका हुन् ।

चौदण्डीगढी नगरपालिकामा यसअघि पहिलो चरणमा ५८ जना र दोस्रो चरणमा २८ जनाको परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आाएको छ ।