२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


लकडाउन’ लम्बिँदा बाख्रापालक कृषक समस्यामा


0
Shares

स्याङ्जा, जेठ १७ । ‘लकडाउन’ बढेसँगै स्याङ्जामा बाख्रापालन व्यवसाय संकटमा पर्न थालेको छ ।

खेतबारीमा घाँस काट्ने र ल्याउन समस्या भएपछि बाख्रापालक कृषकहरु समस्यामा परेका हुन् ।

बाख्रालाई खुवाउने मकैलगायतको दानासमेत अभाव हुन थालेको छ । सहजरुपमा दाना नपाएपछि बाख्रापालक कृषक चिन्तित भएका हुन् ।

लकडाउनले गर्दा कृषकहरु बाख्रा बिरामी हुँदा भेटनरीसम्म पनि पुग्न पाएका छैनन् ।