
नयाँदिल्ली, जेठ १७ । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित भएका छन् ।
स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरि गरेर कुल सात हजार ९६४ जनामा संक्रणको भएको हो ।
थपिएका यी संक्रमितसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक लाख ७३ हजार ७६३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोनाभाइरसका कारण अरु २६५ जनाको मृत्यु भएको पनि जानकारी दिएको छ । योसँगै कुल मृतकको संख्या चार हजार ९७१ पुगेको छ ।
पछिल्लो विवरणअनुसार देशभरि अहिलेपनि ८६ हजार ४२२ जना संक्रमित अवस्थामै रहेका छन् भने ८२ हजार ३७० जना संक्रणमुक्त भएका छन् ।
भारतमा पटक–पटक गरेर देशव्यापी ‘लकडाउन’को अवधि थपिँदै लगिएको छ भने जनजीवन कस्टकर हुन थालेपछि अहिले विभिन्न चरणमा लकडाउनलाई खुकुलो बनाइँदै लगिएको छ । रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्