Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


भूमिकास्थान नगरपालिकाको आग्रह : असार २ गतेसम्म जो जहाँ छ त्यही बस्नु


0
Shares

 

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले स्वदेश वा विदेशमा रहेका नगरवासीलाई आजदेखि असार २ गतेसम्मको लागि जो जहाँ छ त्यही बस्नका लागि आग्रह गरेको छ ।

नगरपालिकाका १० वटा वडामा विगत ११ दिन यता भारत तथा छिमेकी जिल्लाबाट आएका एक हजार ९६ जना क्वारेटाइनमा बसेकाले नयाँ आगन्तुकलाई राख्न समस्या हुने भएकाले नगरपालिकाको प्रकोप व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको नगर प्रमुख रेशम थापाले जानकारी दिए ।