६ असार २०८१, बिहिबार | Fri Jun 21 2024


विधायन समितिबाट नागरिकता विधेयक पारित


312
Shares

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट नागरिकता सम्बन्धी विधेयक पारित भएको छ ।

बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको समितिका सचिव मनोज गिरीले जानकारी दिनुभयो ।

विधेयकमा नेकपा एमालेले लिखित अहसमति राखेको छ । यद्यपि समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भएको हो ।

अब समितिले आफ्नो प्रतिवेदनसहित राष्ट्रियसभामा पेश गर्ने छ । राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ ।