Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


युवा परिषद्का उपाध्यक्ष ढुङ्गेलद्वारा पदभार ग्रहण


0
Shares

काठमाडौं, जेठ १६ । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेलले पदभार ग्रहण गरे ।

शुक्रबार युवा तथा खेलकूदमन्त्री तथा परिषद्का अध्यक्ष जगतबहादुर विश्वकर्माले पद तथा गोपनीयताको सपथ खुवाएपछि परिषद्को कार्यालयमा पुगी उनले पदभार ग्रहण गरे ।

सपथग्रहण समारोहमा मन्त्री विश्वकर्माले युवालाई उद्यमशील बनाई मुलुकलाई समृद्ध बनाउनुपर्ने बताए । उनले युवाका मुद्दालाई यथोचित सम्बोधन गर्ने एउटा विकास र समृद्धिको मेरुदण्डको रुपमा समृद्ध नेपाल र सुखी नेपाली अभियानमा युवा परिचालित गर्ने चुनौती रहेको भन्दै यसलाई पूरा गर्नुपर्ने बताए ।

त्यस्तै कार्यकारी उपाध्यक्ष ढुङ्गेलले युवालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए । उनले आफ्ना पुराना कामलाई निरन्तरता दिँदै थप युवाका विभिन्न काममा निरन्तर रहने बताए ।

गत जेठ १२ गते बसेको मन्त्रिपरिषद्  बैठकले उनलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेको हो । यसअघि उनी विसं २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त धएका थिए । उनको कार्यकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली रहेको थियो ।

अघिल्लो कार्यकालमा ढुङ्गेलले ७५ जिल्लामा युवाको नेतृत्वको विकासका लागि एउटा सङ्घीय, सात प्रदेश, ७७ जिल्ला र ९१ स्थानीय तह नमूना युवा संसद्, युवालाई उद्यमतिर आकर्षित गर्नका लागि बिना धितो ऋण उपलब्ध गराउने युवा उद्यम कार्यक्रम, शैक्षिक प्रमाणपत्र आधारमा उद्योगमका लागि ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएका थिए ।

मुलुकमा ४०.३६ प्रतिशत जनसङ्ख्या युवा रहेका छन् । ढुङ्गेल तत्कालीन नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुने । सरकारले विसं २०७२ मा युवा क्षेत्रमा काम गर्ने भनेर परिषद् गठन गरेको थियो । रासस