Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


बजेटले मुलुक, जनता र उद्योगधन्दा नै डुबाउँछ : खाँण


0
Shares

काठमाडौं, जेठ १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेटले वर्तमान संकट समाधान गर्न नसकेको टिप्पणी गरेको छ ।

कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले कोरोना महामारी रोकथाम र नियन्त्रण, जनताको आकांक्षा सम्बोधन र मुलुकको अर्थतन्त्रलाई बजेटले पुनर्उत्थान गर्न नसक्ने टिप्पणी गरेको हो ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले वर्तमान चुनौती समाधान गर्न नसक्ने र कार्यान्वयन नै हुन नसक्ने बजेटले मुलुक, जनता र उद्योग धन्दा नै डुबाउने जिकिर गरे ।

प्रमुख सचेतक खाँणले समस्या समाधान गर्न नसक्ने बजेटप्रति बिरोध रहेको भन्दै खर्च कटौतीको प्रस्ताव ल्याउने जानकारी दिए ।