२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


टी–ट्वान्टी विश्वकपको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा राखिँदै


182
Shares

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको ट्रफी आज बुधबारबाट भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनको लागि राखिने भएको छ ।

बिहान ११ बजेदेखि १ बजेसम्म अवलोकनका लागि भक्तपुर दरबार स्क्वायरमा ट्रफी राखिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

ट्रफी मंगलबार सर्वोच्च शिखर सगरमाथाको गोक्यो ताल र काला पत्थरमा राखिएको थियो भने त्यसपछि चन्द्रागिरीमा पुर्‍याइएको थियो ।

विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्‍याइनेछ । टी–ट्वान्टी विश्वकपको ट्रफी नेपालमा पहिलोपटक आएको हो । टी–ट्वान्टी विश्वकपको ट्रफीको भ्रमण जुलाई ८ देखि मेलबर्नबाट सुरू भएको थियो ।

यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो ।

अस्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।