Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


स्थानीय तह आफैंले खरिद गरे ‘भीटीएम’


0
Shares

उदयपुर, जेठ १६ । उदयपुरका स्थानीय तहले कोरोना परीक्षण निकै सुस्त गतिमा गरिएको भन्दै ‘पीसीआर’ परीक्षणका लागि ‘भीटीएम’ खरिद गरेका छन् ।

संघीय सरकार तथा प्रदेश सरकारले परीक्षणमा चासो नदिएको भन्दै स्थानीय तहहरुले भीटीएम खरिद गरेका हुन् ।

आठओटा स्थानीय तहले ४० लाखको लागतमा करिब आठ हजार भीटीएम खरिद गरेका हुन् ।

उदयपुरमा ३३ जना कोरोना संक्रमित रहेका छन् ।

यहाँ हालसम्म १७ सय ४६ पीसीआर परीक्षण भएको छ भने ६८२ जनाको ‘आरडीटी’ परीक्षण भएको छ ।