Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


बेमौसमी तरकारी खेती गरेर मनग्गे आम्दानी


0
Shares

सिन्धुली । बेमौसमी व्यवसायिक तरकारी खेती गरेर सिन्धुलीका किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।

विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले प्राविधिक तथा आर्थिक सहयोग गर्न थालेपछि सिन्धुलीका किसान बेमौसमी व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । 

रतनचुरा, जलकन्या र भद्रकालीका किसानले प्लास्टिक घर निर्माण गरेर मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेपछि उनीहरुको आयआर्जनमा वृद्धि भएको छ ।

वर्षाको समयमा बजारमा तरकारीको अभाव रहेको अवस्थामा व्यवसायिक तरकारी खेती गर्ने किसानले गोलभेंडा, करेला, खुर्सानी, काँक्रो, सागलगायतका विभिन्न तरकारी उत्पादन गरी बिक्री गर्दै आएका छन् ।

केही वर्षअघिसम्म सुख्खा र उजाड रहने डाँडापाखामा किसानले प्लास्टिक घर निर्माण गरेर तरकारी खेती गरी हराभरा बनाएका छन् ।

यसले वातावरणीय सन्तुलनमा समेत सहयोग पुगेको सरोकारवालाहरु बताउँछन् ।