स्याङ्जा । फेदीखोला गाउँपालिकाले लकडाउनका कारण कामविहिन श्रमिकहरुलाई लक्षित गरि ‘खाद्यान्नको लागि रोजगार कार्यक्रम’ संञ्चालनमा ल्याएको छ ।
कोरोना महामारीका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका मजदुरहरुले काम नपाएर समस्यामा परेपछि गाउँपालिकाले उनीहरुलाई रोजगारी दिन कार्यक्रम ल्याएको हो ।
मजदुरहरुलाई सडक निर्माण, घोडेटो बाटो बनाउनेदेखि गाउँपालिकामा सञ्चालित विभिन्न निर्माणका काममा लगाइने गाउंपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले मजदुरहरुलाई क्षमता अनुसारको काममा लगाउने र कामका आधारमा ज्याला दिइने बताए ।





प्रतिक्रिया दिनुहोस्