Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


झापाको एउटै गाउँपालिकामा ७३ जना संक्रमित


0
Shares

काठमाडौं । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिकामा कोरोना संक्रमित भेटिएका छन् ।

जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ जना कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

हिजो मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २५ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ ।

पालिकाका अध्यक्ष अञ्जार आलमले पुष्टि भएका २५ जनालाई थप उपचारका लागि विराटनगर पठाइसकेको बताए ।

संक्रमित हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएकाहरु छन् ।

पालिकाभित्रका छ क्वारेन्टाइनमा राखिएकामध्ये २ सय ७६ को स्वाब सङ्कलन गरी परीक्षणका लागि विराटनगर र धरानस्थित प्रयोगशालामा पठाइएको थियो ।

जसमध्ये ७३ को रिर्पोट सङ्क्रमित पुष्टि भइसकेको छ भने ३५ जनाको रिपोर्ट आउन बाँकी छ । क्वारेन्टिनमा बसेकामध्ये एक सय जनाको स्वाब परीक्षण गर्न अझै बाँकी छ ।

४८ जना  सङ्क्रमितलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो ।