Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


स्थगित प्रिमियर लिगका खेलहरु जुनको दोस्रो साताबाट सुचारु हुने


0
Shares

एजेन्सी । कोरोना महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबल जुनको दोस्रो साताबाट पूनः सुचारु हुने भएको छ ।

जुन १७ मा म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ । यस्तै एस्टन भिल्लाले सेफिल्डसँग खेल्नेछ ।

सबै खेलहरु बन्द रंगशालामा हुनेछन् । कोरोना महामारीका कारण गत मार्चबाट लिग स्थगित भएको थियो छ ।

प्रिमियर लिगका २० क्लबले अब यो सिजनमा ९२ खेल खेल्न बाँकी छ । उपाधि नजिक रहेको लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि छ ।

लिभरपुललाई उपाधि जित्न दुई जितको आवश्यकता रहेको छ । क्लबहरुले प्रशिक्षण सुचारु गरिसकेको छन् ।