१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


राजमार्गमा ट्रमा सेन्टर स्थापना गरिने


0
Shares

काठमाडौं, जेठ १५ । राजमार्गमा बढी दुर्घटना हुने क्षेत्रमा रहेका अस्पतालमा ट्रमा सेन्टर स्थापना बजेटमा उल्लेख गरिएको छ ।

स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, अनुसन्धान केन्द्रको सञ्चालनमा एकरुपता ल्याई व्यवस्थित गर्न एकीकृत छाता ऐन ल्याइने छ ।

बजेटमा राष्ट्रिय रोग नियन्त्रण केन्द्र नेपाल, सेन्टर फर डिजिज कन्ट्रोल नेपाल (सिडिसी नेपाल) स्थापना र मेडिकल उपकरणदेखि लिएर औषधिको गुणस्तर जाँच तथा नियमन गर्न नेपाल खाद्य तथा औषधि एडमिनिस्ट्रेशन स्थापनाका लागि बजेट विनियोजन गरिएको छ ।