Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


१८ औं एसियाली खेलकुद प्रतियोगिताको भब्य उद्घाटन


0
Shares

काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता सुरु भएको छ ।

‘इनर्जी अफ एसिया’ अर्थात् ‘एसियाको शक्ति’ भन्ने सन्देशका साथ आसियन राष्ट्र इन्डोनेसियाको राजधानी जकार्तामा हिजो प्रतियोगिता सुरु भएको हो ।

सेन्ट्रल जकार्ताको गेलोरा बुङ कार्नो रंगशालामा इन्डोनेसियाका राष्ट्रपति जोकोइ विडोडोले प्रतियोगिताको उद्घाटन गरे ।

राष्ट्रपति कार्नोले प्रतियोगिता उद्घाटनको घोषणा गर्दा रंगशालामा भव्य आतिसबाजी गरिएको थियो ।

नेपालसहित एसियाका ४५ देशका ११ हजार ५ सय खेलाडी प्रतियोगितामा भाग लिइरहेका छन् ।

उद्घाटन समारोहलाई रंगशालामा उपस्थित ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए ।

समारोहमा इन्डोनेसियाका चर्चित कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।

उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथी गरी ८० जना सहभागी भए ।

नेपाली टोलीको नेतृत्व खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गरेका छन् ।

मार्चपासका क्रमका राष्ट्रिय झण्डा बोकेर नेपालको खेलाडीको नेतृत्व भारोत्तोलनका कमलबहादुर अधिकारीले गरेका थिए ।