Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन


0
Shares

काठमाडौं, जेठ १५ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद समाप्त भएका तथा अन्य कारणले अलपत्र नेपालीलाई स्वदेश फर्काउने कार्यका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

कोरोना महामारीले विश्वव्यापी प्रभाव पारेसँगै थुप्रै नेपाली विदेशी भूमिमा अलपत्र छन् । केहीले कोरोनाभाइरसकै कारण रोजगारीसमेत गुमाएका छन् ।

अनौपचारिक तथ्याङ्कानुसार भारत, खाडी र मलेसियाबाटमात्र करिब छ लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कंदै छन् । रासस